डोटीको दिपायल सिलगढी नगरपालिका भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण सम्पन्न

 

धन बोहरा डोटी,डोटीको दिपायल सिलगढी नगरपालिका भित्रका १०ओटा सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण सम्पन्न गरिएको छ । एसइई परीक्षा सहभागी हुँदै आएका विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण गरिएको हो । यसका लागि दुइ जना विज्ञ परिशिक्षेक संकर कार्की संकर लुईटेल खटिनु भएको थियो। विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षणका लागि खटिएको टोलीमा शिक्षा क्षेत्रमा लामो समय काम गर्नुभएका उहाहरुले नगरपालीकाभित्रका दस ओटा विद्यालको अनुगमन गर्नुभएको थियो ।

विज्ञ टोलीले गएको साता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेपछि कार्यक्षेत्रमा खटिएकोे शैक्षिक गुणस्तर परीक्षण केन्द्रका विज्ञ परिशिक्षेक  संकर लुईटेल बताउनु भयो । विज्ञ टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिसँग भेट गरेर अङ्कभार दिने गरेको बताउनु भएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले २०७३ सालदेखि देशभरिका माध्यमिक विद्यालयको गुणस्तर परीक्षण गर्दै आएको विज्ञ परिशिक्षेकको रूपमा परीक्षण भइरहेको केन्द्रका निर्देशक लुइटेलले जानकारी दिनुभएको छ। शैक्षिक गुणस्तर परीक्षण केन्द्रले हालसम्म देशभरीका करीब ६ हजार चार सय माध्यमिक विद्यालयको शैक्षिक गुणस्तर परीक्षण गरिसकेको छ । लगानी अनुसारको शैक्षिक गुणस्तर कायम भए नभएका बारेमा यस कार्यक्रमले सहयोग पुग्ने गुणस्तर परीक्षणमा खटिएका डा. च लुइँटेलले बताउदै स्थानीय तहको पुनर्संरचनापछि शिक्षा क्षेत्रमा के कस्ता प्रभाव पर्यो ? भन्ने कुरा पनि यो अध्ययनले प्रस्ट्याउने उहाँले बताउनुभयो । शैक्षिक गुणस्तर परीक्षण गर्दा विद्यालयको बृहत् अनुगमनपछि ४० प्रतिशतभन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम वर्गीकरण हुने लुईटलले बताउनु भएको छ।

जसमा ;पद्म पब्लिक मा वि – ८२.०९ प्रतिशत ,सुनादेवी मा वि – ६१.३० प्रतिशत ,चौखान मा वि – ५९.९६ प्रतिशत ,दिल्पेश्वर मा वि- ५७.७९ प्रतिशत ,तेडी मा वि कलेना – ५६.२५ प्रतिशत
दुर्गा मा वि – ५५.५९ प्रतिशत ,कुमालीकोट मा वि – ५०.०९ प्रतिशत ,मगलेक मा वि – ४१.६६ प्रतिशत र देवी मा वि – ३६ . ९१ प्रतिशत अंक प्राप्त गरेका छन् ।

शैक्षिक गुणस्तर वृद्धि गर्ने उदेश्य अनुरूप परीक्षणको काम भइरहेकाले यसले शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिलाई थप उत्तरदायी बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ

नगर भित्रका सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर परीक्षण सार्वजनिक कार्यक्रममा नगर प्रमुख बाजि सिंह खड्का , प्रमुख प्रशासकीय अधिकृत शंकर सुचिकार ,वडा अध्यक्ष ,शिक्षा शाखा प्रमुख ,प्र.अ.,लगायतको उपस्थिति रहेकोे थियो ।

Leave A Reply

Your email address will not be published.