सायल गाउँपालिकामा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले मापन गरेको विद्यालय कार्यसम्पादन विवरण सार्वजानिक

धन बोहरा डोटी,शैक्षिक गुणस्तर परीक्षण केन्द्रले मापन गरेको विद्यालय कार्यसम्पादन तथा शैक्षिक उपलब्धिको मूल्याङ्कनको विवरण सार्वजानिक गरिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यालयको समग्र पक्षको मूल्याकंन गरी शैक्षिक सुधारका लागि सुझाव दिने उद्देश्यले सायल गाउँपालिकमा गरेको अनुगमनको अन्तिम नतिजा गाउँपालिका अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा घोषणा गरिएको छ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले सायल गाउँपालिका भरिका ७ वटा माध्यमिक बिद्यालयमा अनुगमन गर्दा सबै भन्दा बढी जनता जनार्दन माध्यामिक विद्यालयले ६३.०७अंक ले प्राप्त गरेको छ ।

त्यसैगरि अनुगमनमा भवानी मा. वि.ले ६२.२५प्रतिशत,छपाली मा.वि.ले ५१ .७३ प्रतिशत, भवानी स्थान मा.वि.ले ५६.१८ प्रतिशत, माहाकाली मा.वि ५४प्रतिशत, कालिका मा.वि. ले ५१.५८प्रतिशत, र हिमालय मा.वि.ले ४८प्रतिशत, अंक प्राप्त गरेको गाउँपालिका स्रोत शिक्षक रवीन्द्र जोशीले जानकारी दिनुभएको छ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले नारायन प्रसाद सुवेदीलाई पालिकामा खटाइएको थियो।विज्ञ टोलीले विद्यालयको भौतिक संरचना, लगानी र शैक्षिक उपलब्धिका बारेमा शिक्षक, विद्यार्थी, अभिभावक र जनप्रतिनिधिसँग भेट गरेर अङ्कभार दिएको थियो।

शैक्षिक गुणस्तर परीक्षण गर्दा शैक्षिक गुणस्तर परीक्षण केन्द्रले विद्यालयको बृहत् अनुगमन पछि ४० प्रतिशत भन्दा कम अङ्क प्राप्त गर्ने कमजोर, ४० देखि ७० प्रतिशतसम्म प्राप्त गर्ने सामान्य, ७० देखि ९० प्रतिशत अङ्क प्राप्त गर्ने मध्यम र ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गर्ने विद्यालय उत्तम हुने गरी केन्द्रले वर्गीकरण गरेको छ ।

Leave A Reply

Your email address will not be published.