लुथरन विश्व फेडरेसन नेपाल र सामुदायिक विकास केन्द्र (सि.डि.सि.) डोटी को संयुक्त साझेदारीतामा सुदूरपश्चिम प्रदेशको डोटी जिल्लामा संचालित मूक्त हलिया । दलित सिएसओहरु र उनीहरुका संञ्जालहरुको सामाजिक, आर्थिक र जलवायु न्याय प्रवद्धर्नका लागि जिम्मेवार निकायहरुसंगको सहकार्यलाई सुदृढ बनाउने सक्षम परियोजना अन्तर्गत सायल गाउँपालिका मा पालिकास्तरीय परियोजना सल्लाहकार समिति बैठक हिजो बिहिबार सायल गाउँपालिकामा सम्पन्न भएको छ ।
सायल गाउँपालिका का अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा परियोजना सल्लाहकार समितिको बैठक बसेको थियो ।
इभान्जेलिकल लुथरन चर्च इन अमेरिकाको आर्थिक सहयोगमा संचालित परियोजना अन्र्तगत संस्थाले संचालन गरेका गतिबिधिको समिक्षा समेत गरी आगामि दिनहरुमा संचालन गर्ने प्रस्तावित कार्यक्रम बारे छलफल गरिएको थियो ।
संस्थाले १६ जना उद्यमिहरुलाई आरन ब्यवसाय संचालन गर्न सहयोग गरेको थियो भने अल्लो ब्यवसायिहरुलाई ४२ दिने पुर्नताजगिय तालिम समेत प्रदान गरिएको थियो ।
होटल मेनेजमेन्ट अध्ययन गर्नका लागि संस्थाले प्रति ब्यक्ति रु ७१ हजार रुपैंया २ जना विपन्न मुक्त हलिया का छात्रलाई सहयोग गरेको थियो । पालिकाका केहि विद्यालयहरुमा वाल क्लवको बैठक आयोजना गरी समसामयिक विषयमा छलफल गरिएको, विपद् ब्यवस्थापनका लागि सरोकारवालाहरुको क्षमता अभिबृद्धि तालिम संचालन गरेको थियो । ब्यवसाय दर्ता गर्न सहयोग गर्नुका साथै ब्यावासायिक योजना सम्बन्धि तालिम समेत संस्थाले मुक्त हलिया तथा दलितका प्रदान गरिएको थियो ।
सायल गाउँपालिका अध्यक्ष धर्मराज जोशीले संस्थाले गरेको कार्यका लागि दातृ निकाय र संस्थालाई धन्यबाद दिदै संस्थालाई आगामि दिनहरुमा वडा कार्यालय र पालिकाले गर्ने सहयोगमा सबै तत्पर रहको बताउनु भयो । सायल गाउँपालिकामा आगामि दिनहरुमा संस्थाले गर्ने कार्यमा पालिकाले सहयोग गर्ने, उत्पालित बस्तुको बजारीकरणका लागि पहल गर्ने, दिगोपना कायम राख्न पालिका तयार रहेको बताउनु भएको थियो । मुक्त हलिया, दलित तथा विपन्न परिवारका लागि लुथरन विश्व फेडरेसन नेपालको सायलमा विगतदेखि सहयोग हुदै आएकोमा धन्यबाद दिदै सिडिसिका कार्यमा सबै वडामा आ आफ्नो क्षेत्रबाट सहयोग गर्न कार्यपालिकाका सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।