डोटीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते

सिलगढी _डोटीमा आगो ताप्ने क्रममा जलेर एक जना वृद्धा घाइते हुनुभएको छ । जिल्लाको सायल गाउँपालिका(१ कुसेनाकी ६० बर्षीय सरु देवी थापा आगो ताप्ने क्रममा जलेर घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिम प्रसाद भट्टराईका अनुसार सोमबार मध्यान करिब १२:००बजेको समयमा आफ्नै घरमा आगो ताप्ने क्रममा थापा आफूले ओडेको सलमा अचानक आगो लागि शरिरको कम्मरमुनिको भाग जलेर घाइते हुनुभएको हो । उहाको अवस्था गम्भीर भए पनि घाइते थापाको जिल्ला डोटीमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.