डोटी,आगोमा जलेर घाइते भएकी महिलालाई थप उपचारको लागी कोहोलपुर रेफर गरिएको छ। हिजो जिल्लाको सायल गाउँपालिका (१ कुसेनाकी ६० बर्षीय सरुदेवी थापाआगो ताप्ने क्रममा जलेर घाइते भएकी थिइन् । घाईते थापालाई थप उपचारको लागी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।थापा सोमबार मध्यान करिब १२:००बजेको समयमा आफ्नै घरमा आगो ताप्ने क्रममा थापा आफूले ओडेको सलमा अचानक आगो लागि शरिरको कम्मरमुनिको भाग जलेर गम्भीर घाइते भएकी थिन । उनलाई जिल्ला अस्पताल डोटीमा सामान्य उपचारपछि हिजोराती नै थप उपचारको लागी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिम प्रसाद भट्टराईले जानकारी दिएका छन।