डोटी _जिल्ला अस्पताल डोटीमा चार दिनदेखि उपचाररत सुत्केरी महिलालाई फुटबल खेलाडी तथा Anfa रेफ्री उर्गेन लामाले रगत दिएर जीवनदान गर्नुभएको छ । रगतको कमी भएर उपचारमा समस्या भएपछि सायल गाउँपालिका १ की गंगा बोहरालाई लामाले रगत दिनुभएको हो ।
गत आइतबार अप्रेसन गरेर बोहराले छोरो जन्माएकी थिन। सुत्केरी भएपछि बोहराको शरीरमा रगत कमी भएको खबर पाएपछि लामाले रक्तदान गरेको बोहराका ससुरा बिर्भान बोहराले बताउनुभयो । उहाँका अनुसार रगत कमी भएर उनको थप उपचारमा समस्या भएको थियो ।
हिजोदेखि रगत दाता नभेटिएपछि उनका आफन्तहरु चिन्तित बनेका थिए बोहरालाई रगत आवश्यक छ भन्ने थाहा पाएपछि लामाले रगत दिनुभएको हो । लामाले ३५० एमएल रक्तसमूह ए पोजेटिभ को रगत उपलब्ध भएपछि उनको थप उपचारमा सहज हुने उपचारमा संलग्न चिकित्सकहरुले बताउनुभएको छ।