धन बोहरा डोटी,नेविसंघले १२औं महाधिवेशन तयारीका लागि सदस्यता वितरण अभियान सुरु गर्यो।
नेपाल विद्यार्थी संघ (नेविसंघ) ले १२औं महाधिवेशनको तयारीस्वरूप राष्ट्रव्यापी सदस्यता वितरण तथा सुझाव संकलन अभियान सुरु गरेको छ। यही कार्यक्रम अन्तर्गत डोटीमा पनि यो अभियान प्रारम्भ भएको छ । अभियानका लागि नेविसंघले विभिन्न क्षेत्र, क्याम्पस, र शिक्षालयमा केन्द्रीय प्रतिनिधी तोकिएका छन ।डोटीको नेपाल विद्यार्थी संघ का केन्द्रिय सदस्यदोय जगत ऐर र लक्ष्मी बोगटीलाई खटिएका छन ।
नेविसंघ डोटीका अध्यक्ष दिपेन्द्र बहादुर सिंहका अनुसार सदस्यता वितरण र सुझाव संकलन अभियानलाई व्यवस्थित बनाउन आंगिक क्याम्पस, स्ववियु, विद्यार्थी कल्याण परिषद्, र निर्वाचन हुने विश्वविद्यालयका केन्द्रीय क्याम्पसहरूमा समेत विशेष ध्यान दिइएको छ।ने वि संघले प्रतिनिधिहरूलाई ठोस प्रतिवेदन तयार गरी सदस्यता सूची केन्द्रीय कार्यालयमा बुझाउन निर्देशन दिइएको छ।
सिंहले अभियानको उद्देश्यलाई प्रस्ट्याउँदै भने, “सदस्यता वितरणसँगै सुझाव संकलनलाई प्राथमिकतामा राखिएको छ। यसले संगठनको आगामी केन्द्रीय तथा जिल्ला महाधिवेशनलाई प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास लिएका छौं।”
सदस्यता वितरणलाई व्यवस्थित बनाउन र संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय कार्यालयले प्रतिनिधिहरूलाई स्पष्ट कार्य विवरण प्रदान गरेको छ। नेविसंघले जिल्ला महाधिवेशनको तयारीमा आफ्ना सबै इकाइहरूलाई सक्रिय बनाउँदै संगठनलाई अझ सुदृढ बनाउने लक्ष्य राखेको छ।
यो अभियानले विद्यार्थी संगठनभित्र नेतृत्व विकास र एकता अभिवृद्धि गर्ने आशा गरिएको छ।