बास डोटी शाखाले मनायो राष्ट्रिय टोपी दिवस

डोटी, बास डोटी शाखाले राष्ट्रिय टोपी दिवस मनायो ।
राष्ट्रिय टोपी दिवसको अवसरमा आज सिलगढीमा बास नेपाल डोटी शाखाले राष्ट्रिय टोपी दिवस मनाएको छ । राष्ट्रिय पोषाक हाम्रो सान, देशको गौरब लगायतका नारा सहित टोपी दिवसको शुभकामना आदान प्रदान गरिएको बास नेपाल डोटी शाखाका अध्यक्ष सरिता कठायतले जानकारी दिईन । कठायले नेपालीहरूको पहिचान टोपी भएका कारण हाम्रो संस्कृति हाम्रो संस्कार लाई हामीहरूले जोगाउनु पर्छ त्यसैले राष्ट्रिय टोपी दिवसलाई बनाएको उनलेे बताइन् । राष्ट्रिय टोपी दिवस कार्यक्रममा बोल्दै जिल्ला समुन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले देशमा राष्ट्रिय पोषाकको पहिचान र प्रयोग हराईरहेका बेला बासले राष्ट्रिय पोषाकको संरक्षण गर्ने कार्यक्रम आयोजना गर्नुले सकारात्मक सन्देस प्रवाह भएको बताए । उनले सस्कृती, सभ्यता र संरक्षण गर्न सबैले हातेमालो गर्न अपिल गरे । कार्यक्रममा बोल्दै डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले राष्ट्रिय दिवसले देशका विभिन्न भाषा, जातजातीलाई एउटै सुत्रमा जोड्ने बताए। उनले यस्ता कार्यक्रमले राष्टिय एकता बलियो बनाउने भन्दै टोपीलाई सबैले बिर्सिरहेको अवस्थामा त्यसको संरक्षण गर्ने बताए । राष्ट्रिय टोपी दिवसका अवसरमा गैरसरकारी संस्थाका प्रतिनिधिहरू,जिल्ला समन्वय प्रमुख, जिल्ला प्रशासन प्रमुख बास शाखा डोटीका पदाधिकारी र पत्रकारहरूको उपस्थिति रहेको थियोे ।

 

Leave A Reply

Your email address will not be published.