सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

धन बोहरा डोटी,सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले वर्ष भरि गरेका कामकाज तथा योजनाको समिक्षा गर्दै अगामी वर्षको लागि शुझाव संकलन गर्दै बिहिबार जिल्ला समुन्वय समितिको सभाहलमा आफ्नो वार्षीक सामाजिक परिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

वार्षीक सामाजिक परिक्षण कार्यक्रमका प्रमुख अथिति समेत रहेका जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंहले सिडिसिले शिक्षा क्षेत्रमा ठुलो टेवा पुगाई रहेको बताए । डोटी जिल्लाको शिक्षा क्षेत्रको लागि नेपाल सरकार तथा स्थानिय सरकारले गरिरहेको काममा सिडिसिले ठुलो योगदान गरिरहेको उनले बताए । सिडिसिले बिभिन्न ठाउँमा लगानि गरिरहेको उदाहरण दिँदै त्यसो नगरेर एकै ठाउँ विशेषमा मात्र लगानी लगाउन सके त्यसले राम्रो प्रतिफल दिने बताए ।

 

आगामी दिनमा कार्यक्रमा उठेका सल्लाह सुझावलाई आत्मसात गर्दै आफुहरुले काम गर्ने र स्थानिय तह लगायतका सरकारवालाहरु संग समन्वय गर्दै संस्थालाई अघाडी बढाउने सिडिसिका अध्यक्ष निर्मला रोस्यारा बताइन ।

सामुदायिक विकास केन्द्र डोटीका अध्यक्ष निर्मला रोस्याराको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिंह रहेका थिए । त्यस्तै विशिष्ट अथिति प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी, दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती साउद , सायल गाउँपालिकाकी उपाध्यक्ष निर्मला ओली , पुर्वीचौकी गाउँपालिका उपाध्यक्ष पशुपति खड्का लगायत पत्रकार नागरिक समाज स्थानिय तहका कर्मचारीहरु शिक्षक विद्यार्थीहरुको सहभागिता रहेको थियो। कार्यक्रमको सहजिकरण पत्रकार महासंघका निवर्तमान अध्यक्ष मोहन शाहीले गरेका थिए ।

सामुदायिक विकास केन्द्र डोटीले डोटीमा विगतका केही वर्ष देखि शिक्षा, स्वास्थ्य, आयआर्जन, बाल संरक्षणको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

Leave A Reply

Your email address will not be published.