डोटी, मुक्त हलिया / दलित सिएसोहरु र उनिहरुका संजालहरुको सामाजिक, आर्थिक र जलवायु न्याय प्रबर्द्धनका लागि जिम्मेवार निकायहरू संगको सहकार्यलाई सुदृढ बनाउने सक्षम परियोजना अन्तर्गत शिखर नगर पालिकाका ११ वडाका ३२ जना आरन ब्यवसायिहरुलाइ आरन ब्यवसायकालागी आधुनिक उपकरण औजार मसिन हस्तान्तरण गरिएको छ ।
इभान्जेलिकल लुथरन चर्च इन अमेरिका (इ.इल. सि.ए.) को आर्थिक सहयोगमा लुथरन वल्ड फेडरेसन (एल.डब्लु.एफ.) नेपाल र सामुदायिक बिकास केन्द्र (सि.डि.सि.) डोटी को सयुक्त साझेदारितामा शिखर नगर पालिका मा संचालित मुक्त हलिया दलित सक्षम परियोजना अन्तर्गत सामग्री बितरण गरिएको हो ।
शिखर नगरपालिका का नगर प्रमुख दिर्घ बहादुर बलायर नगर उप प्रमुख सुनिता रावल जोरा, शिखर ६ का वडा अध्यक्ष धिर्क बहादुर सिंह, शिखर २ का वडा अध्यक्ष गणेश बोगटी, का पा सदस्य राम बहादुर लुहार, शिखर नगरपालिका स्तरीय मुक्त हलिया सन्जालका अध्यक्ष राम बहादुर दमाई, सि डि सि डोटी का कार्यकारी निर्देशक हेमराज जोशीले एक कार्यक्रम का बिच त्तेसामग्री हस्तान्तरण गरेका हुन । आरन पंखा, घन, हटौडा, खाग्सी, स्वाग, पित्तल पाता, ग्लिन्डर मसिन, लुवा प्वाल पार्ने मसिन, सनेसा, रेति, कठरेती, हाते आरि, घिस्ने पाता, आरिमा लगाउने रेत, फलाम काट्ने पाता, फलाम काट्ने कैँची, पलास, वेल्डिङ मसिन लगायत डे बुक गरि करिब ३० हजार भन्दा बढी को सामान प्रती ब्याक्ती लाई सहयोग गरिएको र शिखर न पा संग को समन्वय मा सहयोग गरिएको सि डि सि डोटी का कार्यकारी निर्देशक हेमराज जोशीले बताउनु भयो । शिखर न पा मा मुक्त हलिया का ७ जना बाल्बालिकालाई प्राबिधिक शिक्षा का लागि, उधमसिल्ता, आयाअर्जन मा सहयोग गरेको बताउनु भयो ।
नगर उप प्रमुख सुनिता रावल ले संस्था लाई धन्यवाद दिदै समन्वय मा यो काम भएको र आगामी दिन्मा निर्न्तताका लागि अनुरोध गर्दै सामान्को सदुपयोग गर्न अनुरोध गर्नु भयो ।
शिखर न पा का मेयर दिर्घ बहादुर बलायर ले संस्था लाई धन्यवाद दिदै समन्वय मा यो कार्य भएको र आगामी दिनमा पालिकाले गर्ने सहयोगमा तयार रहेकाले उध्यमिले ब्य्वसाय गरि आय वृद्धि गर्नु पर्नेमा जोड दिनु भएको थियो । आधुनिक उपकरण पाएर उधमी खुसी भएका छन ।