डाेटीमा प्रसूति गृह गाउँपालिकालाई हस्तान्तरण

माेहन ठकुल्ला
डाेटी

डोटीको के.आई.सिंह गाउँपालिका वडा नम्बर ७ मा निर्माण गरिएको प्रसूति गृह गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

विहीबार परिवर्तन परियोजना तेस्रो पक्ष अन्तर्गत सम विकास केन्द्र (इडिसी) नेपाल डोटी र के.आई.सिंह गाउँपालिकाको संयुक्त सहयोगमा निर्मित भवन गाउँपालिकालाई हस्तान्तरण गरिएको हो । एक ओैपचारीक कार्यक्रमका साथ भवनको उद्घाटनसँगै संस्थाले गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहिलाई हस्तान्तरण गरेको हो ।

“महिलाको स्वास्थ्यमा पहुँच पुगोस्” भन्ने उद्देश्यले प्रसूति भवनको निर्माण गरेको कार्यक्रम संयोजक महेश परियारले बताए ।

वडामा प्रसूति गृह भवनको निर्माण गरेकोले वडा नम्बर ७ का वडा अध्यक्ष दिल बहादुर बलायरले निर्माण पक्षलाई धन्यवाद दिनु भयो ।
सम विकास केन्द्र (इडिसी) सँग समन्वय गरेर प्रसूति गृह निर्माण गरेको गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले बताउनु भयो । निर्मित भवनका लागि आवश्यक सामाग्री जुटाउने र अब निर्मित भवनकाे लागि दक्ष जनशक्ति सहित सुत्केरी सेवा प्रवाह गर्ने प्रतिबद्धता जाहेर गरेकाे छ । बाकि खर्च भएकाे रकम गाउँपालिकाले छिट्टै उपलब्ध गराउने समेत बताए ।

सम विकास केन्द्र डोटीको रू ८ लाख, गाउँपालिकाको रू ३ लाख र रू २ लाख २८ हजार श्रमदान गरी जम्मा रकम रू १३ लाख ७१ हजारमा भवन निर्माण भएको हो । कागजात सहित भवन निर्माण गर्दा थप ४३ हजार बढी रकम खर्च भएको प्रगतिशील महिला अधिकार मञ्चका कोषाध्यक्ष दुर्गा मल्लले बताइन् ।

Leave A Reply

Your email address will not be published.