डोटीमा एक महिलाको वेवारिसे शव फेला

डोटीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको के.आई.सिंह गाउँपालिका –६ लामाडाडा स्थित जङ्गलमा महिलाको शव फेला परेको हो ।

मङ्गलवार बिहान ५ बजेतिर स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव सडेको अवस्थामा पुगिसकेकाले एक महिना अगाडीको हुन सक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

मृतक महिलाको अहिलेसम्म पहिचान खुलेको छैन । शवको साथमा ब्लाउज, व्लाकेट, स्विटर,काटा फेला परेको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै  छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.