धन बोहरा डोटी,डोटीको सायल गाउँपालिका स्तरीय पाँचौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । हिजोबाट वडा नम्बर ६मा रहेको माहाकाली माध्यमिक विद्यालयमा गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मूल नाराका साथ सायल गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा सुरु भएको प्रतियोगितामा पालिकाभरिका सात वटा माध्यमिक विद्यालयको सहभागिता रहेको छ ।
प्रतियोगितामा भलिबल, हाई जम्प, लङजम्प, त्रिपलजम्प, सटफुट, भाला लगायतका एथलेटिक्सका खेल खेलाइने सायल गाउँपालिकाका स्रोत शिक्षक रवीन्द्र जोशीले जानकारी दिनुभएको छ ।
प्रतियोगिता उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जिल्ला समुन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह विशिष्ट अतिथि गाउँपालिकाका अध्यक्ष धर्मराज जोशी रहनुभएको थियो भने उपाध्यक्ष निर्मला बोहरा ओली, वडा अध्यक्षहरू, कार्यपालिका तथा वडा सदस्यहरू, विद्यालयहरूका शिक्षक, विद्यार्थीहरू र अविभावकहरुको सहभागिता रहेको थियो ।
मंगलबारबाट सुरु भएको प्रतियोगितापुस २५ गते सम्पन्न हुनेछ।