पद्मा पब्लिक मुक्तिनारायण माध्यमिक विद्यालयले आफ्नो बार्षिक उत्सवको अवसरमा जिल्ला स्तरीय अन्तर विद्यालय क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ ।
जिल्ला सदरमुकाम सिलगढीस्थित पद्म पब्लिक मुक्ति नारायण माध्यमिक विद्यालयले आगामी माघ १६ गतेदेखि २० गतेसम्म आयोजना गर्ने प्रतियोगिताको नाम ‘पद्म पब्लिक प्रिमियिर कप–२’ नाम दिईएको बुधबार एक कार्यक्रमका बीच पत्रकार सम्मेलन आयोजना गरि सार्वजनिक गरेको छ ।प्रतियोगितामा प्रथम पुरुस्कार राशी नगद रु.५५ हजार ५ सय ५५ र ट्रफी, द्वितिय पुरुस्कार रु. ३३ हजार ३ सय ३३ र ट्रफी तथा तृतिय पुरुस्कार रु. ११ हजार १ सय ११ सहित सबैलाई प्रमाण–पत्र रहेको जनाईएको छ ।
त्यसैगरी अन्य विभिन्न उत्कृष्ट खेलाडीलाई नगद पुरुस्कार र कपहरु तथा प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ पुरुस्कार पनि प्रदान गरिने बताईएको छ ।प्रतियोगितामा जिल्लाभरका माध्यमिक विद्यालयले कक्षा १२ सम्मका शिक्षा व्यवस्थापन सूचना प्रणाली समावेश गरिएका विद्यार्थी खेलाडीहरु मात्रै सहभागि गराउन पाइने सो विद्यालयका सहायक प्रधानाध्यापक एवं खेल संयोजक हिक्मत शाहीले जानकारी दिनुभएको छ।
टि–२० र्फम्याटमा नकआउट चरणमा आयोजना हुने प्रतियोगिता सिलगढीको टुँडिखेलमा सञ्चालन हुनेछ ।
आयोजक विद्यालयबाट क्रिकेट प्रतियोगितामा नमूना विद्यालय कार्यक्रम अन्तरगतको रु. ३ लाख, मूख्य प्रायोजक दिपायल सिलगढी नगरपालिका वडा नं. ६ बाट रु. १ लाख र प्रायोजक दिपायल सिलगढी नगरपालिका वडा नं. ९ बाट रु. ४० हजार खर्च गरिन लागिएको विद्यालयका प्रधानाध्यापक केशवराज ओझाले बताउनु भएको छ। आगामी माघ १० गतेभित्र टिम दर्ता गर्न सकिने पनि प्रअ ओझाले बताउनुभयो।
प.प.मा.वि.ले गत वर्ष पनि नगरपालिका स्तरीय ‘पद्म पब्लिक प्रिमियिर कप’को आयोजना गरेको थियो ।जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय क्रिकेट प्रतियोगिता डोटी जिल्लामा पहिलोपटक आयोजना हुन लागेको हो ।