डोटी ,सरकारले ५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ । जसमध्ये डोटीमा अध्यक्षमा आदर्श गाउपालीका वडा नंवर ६का डम्बर बहादुर ओलीलाई नियुक्त गरिएको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा आजै नवनियुक्त अध्यक्षहरूको शपथ ग्रहण समारोह राखिएको छ ।
७७ जिल्लामध्ये सत्तारुढ नेकपा एमाले र नेपाली कांग्रेसले ३७-३७ जिल्ला र ३ जिल्लामा मधेश केन्द्रित दललाई भाग लगाइएको थियो । सुदूरपश्चिमको कञ्चनपुर र बझाङबाहेक अन्य जिल्लामा पनि भूमि आयोगको अध्यक्ष नियुक्त गरिएको छ । गठबन्धनमा आन्तरिक सहमति बाँकी भएकाले ती जिल्लाका अध्यक्ष खाली राखिएको स्रोतले जनाएको छ।