डोटीमा एक पसलमा आगलागी हुदाँ ८० हजार बराबरको क्षति

डोटीमा एक पसलमा आगलागी भएको छ। जिल्लाको सायल गाउँपालिका वडा नम्बर ४ सुन्नास्वाडामा एक पसलमा आगलागी भएको छ । आइतबार दिउँसो करिब १ बजे गणेश रनेनीले सञ्चालन गरेको विष्णु नारायण खुद्रा पसलमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिमप्रसाद भट्टराईले जानकारी दिनुभएको छ।जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिजुलीको स्विच सर्ट भई आगलागी हुँदा पसल भित्र रहेका लत्ताकपडा, फर्निचर, खाद्यान्न सामाग्रीहरू र खुद्रा किरानाका सामानहरू जलेेर नष्ट भएका छन् । आगलागीबाट ८० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.