नेकपा एमाले डोटीका नेता दिल्ली दाहाल काग्रेस प्रवेश गरेका छन्।नेपाली कांग्रेसका केन्द्रीय सभापति सेर बाहादुर देउवाले दाहाललाई सोमबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा पार्टीमा प्रवेश गराएका हुन्। दाहाल नेकपा एमाले डोटीका सक्रिय नेता हुन् ।
पारिवारिक राजनीतिक परिवेशमा हुर्केका दाहालका बुवा तत्कालिन समयमा नेपाली कांग्रेसको सुदुरपश्चिम राजनीतिक नेतृत्वमा थिए।
बुवा काग्रेस भएपनि दाहाल भने विगत करिब दुई दशकदेखी नेकपा एमालेमा सक्रिय रहेका थिए। उनले एमालेमा लागेर आफूले बाटो बिराएको महशुस गरेको भन्दै आफ्ना पुर्खाको इतिहास भएको पार्टीमा फर्किएको बताएका छन ।