वडास्तरमै घरदैलो स्वास्थ्य उपचार तथा परामर्श कार्यक्रम सुरु गर्दै सायल गाउँपालिका

डोटीको सायल गाउपालिकाले घरदैलोमै गएर स्वास्थ्य उपचार र परामर्श कार्यक्रम सुरु गरेको छ । सायल गाउपालिकाका अध्यक्ष धर्मराज जोशीका अनुसार उक्त कार्यक्रम विहिवारबाट वडा नं ५ घोगातलबाट सुरु गरिएको हो ।

जेष्ट नागरिक, अशक्त, अपाङ्ग लगायतका नागरिकहरुका लागि घरदैलोमा नि:शुल्क स्वास्थ्य उपचार र परामर्श सेवा पुगोस भन्ने उदश्येले यो कार्यक्रम संचालन गरेको अध्यक्ष जोशीले बताउनु भएको छ। उहाँले क्रमस अन्य वडामा पनि स्वास्थ्य परिक्षण तथा उपचार र परामर्श कार्यक्रम गरिने जानकारी दिनुभएको छ।

१४ गते वडा नम्वार ४ भल्मा, १५ गते वडा नम्वर २ सिर्मा, १६ गते वडा नम्वर ३ सापरा विठारा, १७ गते वडा नम्वर ६ विरलकाडा, १८ गते वडा नम्वर १ छपाली रोकायागाउमा जेष्ट नागरिकहरुका लागि घरदैलो स्वास्थ्य उपचार र परामर्श सेवा कार्यक्रम संचालन हुने भएको छ।

Leave A Reply

Your email address will not be published.