आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धित सचेतनामुलक तालिम सम्पन्न

 

डोटीमा महिला स्वास्थय स्वयंसेवीकासंग आयुर्वेद तथा वैकल्पिक चिकित्सा सम्बन्धित सचेतनामुलक तालिम सम्पन्न भएको छ।जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीको आयोजनामा सोमबार दिपायल सिलगढी नगरपालिका वडा नंं १देखी ४ सम्मका महिला सास्थ्य स्वमसेविका, आमासमुह प्रतिनिधि, र स्वास्थ्यकर्मीहरुको सहभागितामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको योग हलमा तालिम सम्पन्न भएको छ।

कार्यक्रममा आयुर्वेदको महत्व ,परम्परागत चिकित्सा, औषधिमा प्रयोग हुने जडिबुटी अन्य स्रोत तथा केन्द्रले प्रदान गरिरहेका सेवाहरुको बारेमा जानकारी गरिएको थियो।

अन्तरक्रियापछि मालिका आमा समूहकी अध्यक्ष मैन भण्डारी धामीले उक्त तालिममा आयुर्वेद स्वास्थ्य केन्द्रले प्रदान गरिरहेका सेवाहरुको बारेमा थप जानकारी लिन पाएको बाताउनु भएको छ। उहाँले आयुर्वेद स्वास्थ्य केन्द्रले निशुल्क प्रदान गरिरहेका सेवाहरुले आर्थिक अवस्था कमजोर भएका नागरिकलाई ठुलो राहत मिलेको बताउनु भयो।

तालिममा सहभागीहरुलाई धन्यवाद दिँदै आयुर्वेद स्वास्थ्य केन्द्र दिपायलकी प्रमुख विद्या घिमिरे देउवाले तालिममा सिकेका कुराहरुलाई समुदायस्तरमा लागु गर्न आवश्यक रहेको भन्दै सबैले आ-आफ्नो घर समुदायमा जानकारी गराउनुपर्ने बताउनु भएको थियो।कार्यक्रमलाई केन्द्रका योग प्रशिक्ष बलदेव जोशीले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नंं १,२,३,र ४ का महिला सास्थ्य स्वमसेविका, आमासमुह प्रतिनिधि, र स्वास्थ्यकर्मी गरी ३५ जना भन्दा बढीको सहभागीता रहेको थियो।

Leave A Reply

Your email address will not be published.