धन बोहरा डोटी,स्वर्गीय बुवाको सम्झनामा विद्यालयलाई कुर्ची हस्तान्तरण गरिएको छ। डोटीको सायल गाउँपालिका वडा नंवर १ का स्वर्गीय बल बहादुर रोकायाको सम्झनामा छपालि माध्यमिक विद्यालयलाई उक्त सामग्री हस्तान्तरण गरिएको छ ।
स्थानीय समाजसेवी स्वर्गीय छपाली मा. विद्यालयका जग्गादाता स्व. बल बहादुर रोकायाको सम्झना उहाँका छोराहरू पदम ,शरे ,खडक र गणेश रोकायबाट आज कार्यक्रमका बिच स्थानीय छपाली मा विलाई २० ओटा कुर्ची हस्तान्तरण गरिएको छ ।विद्यालयलाई उक्त सामग्री उपलब्ध गराई दिएकोमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्र रोकायाले उहाँहरुलाई विद्यालयको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ ।कार्यक्रममा वडा अध्यक्ष लालबहादुर रोकायालगायत स्वर्गीय रोकायाका परिवारका सदस्यहरु, आफन्तजन, बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।