डोटीको बोगटान फुड्सिल गाउपालिका वडा नं. ४ मा अबस्थित जोराघाट माबिले सरस्वति पुजाको कार्यक्रम बिध्यार्थिका बिबिध कलाहरु प्रर्दशन गरि समापन गरेको छ । सोही कार्यक्रमको अबर पारेर जोरघाट माबि मा आधारभुत शिक्षा हासिल गरि हाल दर्जाकोट माबिमा लेखापाल पदमा कार्यरत सिताराम बिनाडि र उहाकी धर्म पत्नी कल्पना भटट्ले आफ्नो बैबाहिक बर्ष गाठको अबरमा शैक्षिक सामग्री बितरण गर्नुभएको हो । जोराघाट माबिका २२ जना गरिब जेहेन्दार दलित अनुशासित लगनशिल बिद्यार्थिलाई शैक्षिक सामग्री बितरण गरिएको जोराघाट माबिका शिक्षक दिपक ओझाले जानकारि दिनुभएको छ । बिद्यार्थीको पठन पाठनमा सहयोग पुगोस भन्ने हेतुले सो सामग्री बितरण गरिएको बिनाडीको भनाई छ । जोराघाट माबिका प्रअ लोकराज बिनाडीले सहयोगका भन्दै सबैलाई यस्तो कार्यमा ध्यान दिन आग्रह गर्नु भएको थियो ।