डोटी,नेपाल निजामती कर्मचारी युनियन डोटीको दशौ जिल्ला अधिवेशन सुरु भएको छ । युनियनको दशौ जिल्ला अधिवेशन शनिबारदेखि डोटीको सिलगढीमा सुरु भएको छ ।
दिपायल सिलगढी नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन गरिएको छ । उद्घाटन कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी विशिष्ठ अतिथि रहनुभएको थियो। उद्घाटन कार्यक्रममा जिल्लाका स्थानीय तहका प्रमुख उपप्रमुख नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।
साथै अधिवेशनका लागि जिल्लाका नौ ओटै स्थानीय तहका युनियनकर्मीहरु सहभागी रहेका छन्।अधिवेशनबाट नयाँ समिति चयन हुने बताईएको छ ।