इडिसीले गर्‍याे, गाउँपालिकामा वार्षिक कार्यकाे अनुगमन

माेहन ठकुल्ला
डाेटी

सम विकास केन्द्र (इडिसी) डाेटीले के. आई. सिंह गाउँपालिकामा वार्षिक कार्यकाे अनुगमन गरेकाे छ ।

विहीबार गाउँपालिका भित्र एक्सन एड नेपालकाे सहयाेमा सञ्चालित स्थानिय अधिकार कार्यक्रम, द महिला नेटवर्क परियाेजना र परिवर्तन परियाजनाद्वारा गरेका कार्यहरूकाे गाउँपालिका र वडाका जनप्रतिनिधिहरू,संस्थाका कार्य समिति सदस्य, संस्थामा आवद्ध कर्मचारीहरूकाे संयुक्त टाेलिले अनुगमन कार्य गरेकाे हाे ।

कार्यक्रम लागू भएका वडाहरूमा संस्थाले गरेका एकलौटी कार्य, गाउँपालिका र संस्थाकाे साझेदारीमा भएका कार्यहरूमा २ वटा शिशु स्याहार केन्द्र, महिला मैत्रीपूर्ण बजार,प्रसूति गृह, किराना पसलकाे अनुगमन कार्य गरेकाे हाे ।
अनुगमनकै क्रममा २०७८ साल वडा न. ४ वायलमा स्थापना भएकाे शिशु स्याहार केन्द्र अहिले संञ्चालनमा रहेकाे छ । उक्त स्याहार केन्द्रमा ५ वर्ष मुनिका जम्मा ३५ बालबालिका भर्ना भएका छन् भने २ आमा शिक्षिका रहेका छन् । त्यसैगरी वि.स २०७५ सालमा स्थापना भएकाे वडा न. ७ सलेनामा जम्मा ३३ बालबालिका र २ आमा शिक्षाका रहेका छन् ।

पहिले घरमा बच्चालाई हुलेर,बाँधेर, एक्लै छाेडेर काममा जाँने महिलाहरू अहिले बिहान आफ्नाे बच्चालाई १० बजे स्याहार केन्द्रमा पुर्‍याएर दिन भर काममा जाने गरेकाे गाउँपालिका अध्यक्ष लाेकेन्द्र शाहिले बताए । बालबालिकाकाे पढ्ने बानीकाे विकास हुने भएकाले व्यवस्थापनमा जाेड दिने अध्यक्ष शाहिले बताए ।

शिक्षालाई पहिलाे प्राथमिकतामा राख्न, महिला मैत्री बजारलाई स्थानीयहरूले साथ दिए व्यवस्थापनमा जाेड दिने वडा न. ४ का अध्यक्ष जयलाल धामीले बताए ।
बालबालिकाहरू सुरक्षित रहनुका साथै पढाईकाे विकासका हुने गरेकाे आमा शिक्षिका ललिता खड्काले बताइन् ।
पहिले बच्चालाई घरमा एक्लै छाेडेर मेलापात जान्थे तर अहिले स्याहार केन्द्रमा राखेर जाँदा,कार्यबाेझमा कमि र चिन्तामुक्त भएकाे स्थानीय गाेमा भट्टले बताइन् ।

संस्थाले महिलाकाे कार्यबाेझ घटाउन, महिलाकाे क्षमता अभिवृद्धि गर्न, महिलालाई व्यापार व्यावसायमा संलग्नता गराउन आर्थिक सहयाेग गर्दै आएकाे अधिकृत रमा भण्डारीले बताइन् । कृषि तरकारी क्षेत्रमा आयआर्जन गर्नकाे लागि महिला मैत्री बजार स्थापना गरिरहेकाे र व्यापार व्यावसाय गर्न विभिन्न वडाहरूमा घुम्तिकाेस स्थापना गरेकाे बताएकाे छ । वडा न. ४ मा मात्र जम्मा ६ वटा समुहमा रू १३ लाखकाे काेश स्थापना गरि एउटा मात्रै जनजागरण समुहमा रू २ लाखकाे काेश स्थापना गरि अहिले वृद्धि भएर रू ३ लाख ७० हजार पुगेकाे भण्डारीले बताइन् ।
परियाेजना लागू भएका वडाहरूमा महिलाकाे लागि सामाजिक, आर्थिक, व्यवसायिक लगायतका अन्य क्षेत्रहरूमा काम गर्दै आएकाे परिवर्तन परियाेजना अनतर्गका कार्यक्रम संयाेजक नरेन्द्र बिकले बताए ।

त्यसैगरी सम विकास केन्द्रकाे सहयाेगमा जनजागरण समूहकै एक महिला सदस्य लक्ष्मी बिकले काव्य किराना पसल सञ्चालन गर्दै आएकि छन् । पसल सञ्चालन गर्दा संस्थाले ७५ हजार सहयाेग गरेकाे र अहिले ३ लाख बराबरकाे सामान र पसल थपेर ठूलाे बनाएकाे लक्ष्मीका श्रीमान् वसन्त बिकले बताए । पहिले भारतमा काम गर्दै आएका लक्ष्मीका श्रीमान् अहिले आफ्नै पसल चलाएर बसेकाे भन्दै खुसीले गदगद भएका छन्।

Leave A Reply

Your email address will not be published.