मसला पाउडर बनाउने सिप विकास तालिम सम्पन्न

धन बोहरा डोटी, डोटीको सायल गाउँपालिकामा संचालित ७ दिने मसला पाउडर बनाउने सिप विकास तालिम सम्पन्न भएको छ । सायल गाउँपालिकाको आयोजना र उद्योग बाणिज्य संघ तथा आपूर्ति मन्त्रालयको सहयोगमा गाउँपालिकाको वडा नंवर-६ मा सन्चालन गरिएको तालिम शनिबार सम्पन्न भएको छ।

वडाका महिलाहरुलाई व्यावसायिक बनाउन मसला पाउडर बनाउने तालिम प्रदान गरिएको छ। उक्त वडाका १५ जना महिलालाई तालिममा समावेश गरिएको सायल गाउँपालिकाकी उद्म विकास सहजकर्ता विमला सिंहले जानकारी दिनुभएको छ ।तालिमको समापनको अवसरमा कार्यक्रममा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष धर्मराज जोशीले सहभागीहरुलाई सीप सिकेर मात्रै नहुने भन्दै व्यवहारमा उतार्नुपर्ने सुझाव दिनुभएको छ।

अध्यक्ष जोशीले घरमा आफ्नो आवश्यकता पूर्ति गर्न, फजुल खर्च बचाउन र बढी उत्पादन गरेर बिक्री गरी केही आम्दानी गर्ने उद्देश्यका साथ तालिम दिएको बताउनुभयो ।

उहाँले समूहमा लगानी गरी मसला पाउडर बनाउन सल्लाह दिनुहुँदै आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तालिमले आफूहरुलाई व्यावसायिक बन्न उत्प्रेरणा दिएको सहभागीहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.