इन्द्र शाही डोटी,डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । आईतबार दिउँसो साँढे ३ बजेतिर दिपायल सिलगढी न.पा. वडा नं३ मठ स्थित सेती नदिको किनार बाट बालुवा लिएर दिपायल तर्फ जांदै गरेको चालक दिपायल सिलगढी नगरपालिका वडा नं. ३ पुल बजार बस्ने बर्ष २५ को सुरेश नेपालीले चलाएको सु.प.प्र. ०१००२ त ४६५९ नं. ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरमा लेवर काम गर्ने कैलाली गोदावरी नगरपालिका वडा नं. ९ गेटा बस्ने बर्ष २२ को नारायण चौधरीको घाईते भएका छन्। चौधरीको दुबै खुट्टा,पिठ्यु, टाउकोमा चोट लागेको छ । घाईते चौधरीलाई उपचारको लागि शैलेश्वरी अस्पताल पठाइएकोको जिल्ला प्रहरी कार्यालय डोटीका सुचना अधिकारी डिएसपी भिमप्रसाद भट्टराईले जानकारी दिनुभएको छ। ट्याक्टर चालक भने फरार रहेको र उनको खोजी भइरहेको भट्टराईले बताउनुभएको छ ।