कार्यसम्पादन मूल्यांकनमा डोटीको पुर्वीचौकी गाउँपालिका अन्तिम स्थानमा आदर्श गाँउपालिका बन्यो पहिलो

डोटी,राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्यांकनमा डोटीको पुर्वीचौकी गाउँपालिका जिल्लामा ९औं स्थानमा परेको छ। आयोगले प्रकाशित विवरणअनुसार पुर्वीचौकीले ५९.१५ अंक प्राप्त गर्दै जिल्लाका अन्य स्थानीय तहभन्दा कमजोर प्रदर्शन गरेको देखिएको छ।

आर्थिक वर्ष २०८०/८१ को मूल्यांकनमा आदर्श गाँउपालिका९२.५ अंकसहित पहिलो स्थानमा रहेको छ। त्यसैगरी, बडीकेदार गाउँपालिका ८६अंकसहित दोस्रो, जोरायल गाउँपालिका ८४.५ अंकसहित तेस्रो, र दिपालसिलगढी नगरपालिका ८४.२५ अंकसहित चौथो स्थानमा रहेका छन्।८३.२५अंकसहित बोगटानफुडसील गाउँपालिका पाँचौँ स्थानमा परेको छ भने सायल गाउँपालिका ७६अंकसहित छैटौँ स्थानमा छ। के आई सिंह गाउँपालिका ७४,सातौ शिखर नगरपालिका (७२.७५ क्रमशः आठौँ स्थानमा रहेको छ।

भने पुर्वी चौकी गाउँपालिका ५९.१५अंकसहित अन्तिम स्थानमा परेको छ।आयोगले माघ ३० गते सार्वजनिक गरेको मूल्यांकनमा प्रदेश सरकार तथा स्थानीय तहहरूले प्राप्त गरेको अंक समावेश गरिएको थियो। मूल्यांकनप्रति असन्तुष्टि भए आवश्यक प्रमाणसहित ७ दिनभित्र पुनरावलोकनका लागि उजुरी दिन सकिने आयोगले जनाएको छ।

Leave A Reply

Your email address will not be published.