डोटीको आदर्श गाउँपालिका वडा नम्बर ५ मा नयाँ एम्बुलेन्स सञ्चालनमा आएको छ ।नयाँ एम्बुलेन्सको सोमबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष गणेश बहादुर खड्काले पूजाआजा गरी सञ्चालनमा आएको हो ।
एम्बुलेन्सको पूजाआजा गर्दै गाउँपालिका अध्यक्ष खड्काले बिरामीहरूलाई आपतकालिन तथा अन्य जुनसुकै अवस्थामा पनि आम नागरिकहरूलाई थप उपचारको लागि बाहिर जान सहयोग होस भन्ने हेतुले पालिकाले एम्बुलेन्स खरिद गरेको बताए । उनले भने बिरामीहरूलाई गाउँघरमा उपचार गर्दा ठिक नभए बाहिर जानुपर्ने अवस्था आयो भने गाउँघरबाटै एम्बुलेन्स मार्फत सर्वसुलभ मूल्यमा बाहिर जान सहज हुने समेत बताए ।भौगोलिक रूपमा पालिका मुकामबाट टाढा रहेको वडाका लागि एम्बुलेन्स पालिकाले आफ्नो श्रोतबाट खरिद गरिएको पालिकाले जनाएको छ । एम्बुलेन्सको पूजाआजा कार्यक्रममा पालिका उपाध्यक्ष लक्ष्मी धामी रोकाया, कर्मचारी, स्थानीयको सहभागिता रहेको थियो