त्रिवेणी एफ. एम. र सिड नेपाल बीच रेडियो कार्यक्रमका लागि सम्झौता 

 

डाेटी, फागुन १३,

सामुदायिक रेडियाे त्रिवेणी एफ. एम. ९४.४ मेगाहर्ज डाेटी र समान पहुँच विकास केन्द्र (सिड) नेपाल डाेटी बीच रेडियाे कार्यक्रम ‘बाल कचहरी’ उत्पादन तथा प्रसारणकाे लागि सम्झौता भएकाे छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालकाे आर्थिक सहयाेगमा सिड नेपाल डाेटीद्वारा संचालित बाल संरक्षण तथा बाल स्पाेन्सरसिप परियाेजना अन्तर्गत उक्त रेडियाे कार्यक्रम संचालनमा आउने भएकाे हाे ।

डाेटीका सायल गाउँपालिका, आदर्श गाउँपालिका, पूर्वीचाैकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिका गरि चारवटा पालिकामा उक्त कार्यक्रम संचालनमा रहेकाे छ ।

कार्यक्रमको सम्झौता हस्तान्तरण गर्दै सिड नेपालका अध्यक्ष यज्ञराज जाेशीले सराेकारवाला र लक्षित वर्गलाई बाल समृद्धि, यसकाे दृष्टिकोण, स्थानीय स्तरमा बाल संरक्षणका सवालबारे सुसूचित गराउने, बाल संरक्षणका सवाल कम गर्न स्थानीय सराेकारवालाकाे प्रतिवद्धता जाहेरी गराउने, जसका लागि स्थानीय निकायकाे कार्य पद्धति, बाल समृद्धिका लागि काम गर्ने तरिका लगायतका बिषय बस्तुबारे सचेतना अभिबृद्धी गर्न रेडियाे कार्यक्रम निर्माण गरिएकाे बताए ।

रेडियो कार्यक्रम ‘बाल कचहरी’ चार महिनासम्म संचालन हुने सम्झौतामा उल्लेख गरिएकाे छ । परियाेजना संचालन भएका पालिकामा गएर रेडियो कार्यक्रम उत्पादन गर्नु पर्ने बताइएको छ ।

Leave A Reply

Your email address will not be published.