भुमि समस्या समाधान आयोग डोटीका सदस्यहरुले गरे सपथग्रहण

तलेजु ओली डोटी,

भुमि समस्या समाधान आयोग डोटी जिल्ला समिति सदस्यले ले पुर्णता पाए संगै आज सपथग्रहण गरेका छन । भुमि समस्या समाधान आयोग डोटी जिल्ला समिति का अध्यक्ष डम्बर ओलीले बिज्ञ सदस्य रोशन कठायत, सदस्यमा लक्ष्मी देवी मल्ल र चन्द्रा कुमारी साउद लाइ चयन भए संगै सपथग्रहण खुवाएका हुन । यो संगै   जिल्ला समितिले पुर्णता पाएको छ ।

आज  एक कार्यक्रमका बीच पदभार ग्रहण गर्वदै तिन र्षभित्र भूमि सम्वन्धि समस्या स्थायीरूपमा समाधान हुने बताएका छन् ।

सपथग्रहण कार्यक्रममा बोल्दै कार्यक्रम का प्रमुख अतिथि जिल्ला समन्वय समिति डोटी का प्रमुख लक्ष्मण सिंह ले मध्यस्थता भएर काम गर्ने र स्थानिय तह संग समन्वय गरेर काम गर्नेु पर्ने बताउनु भयो ।

त्यस्तै दिपायल सिलगढी नगरपालिका प्रमुख बिजय खड्का ले भुमि नभएकाले भुमि पाउन र भएकाले नपाउन भन्ने हेतुले काम गर्न सुझाव दिनुभयो ।कार्यक्रम को समापन गर्दै अध्यक्ष डम्बर ओलीले बास्तविक भुमि हिन, अब्यबस्थित बसाइलाइ ब्यबस्थित गर्न स्थानीय तहरु संग समन्वयकारी भूमिका गरेर काम अगाडि बढाउने बताउनुभएको छ।

Leave A Reply

Your email address will not be published.