डोटीमा जिबको ठक्करबाट एक बालिका घाईते

 

डोटीमा जिबको ठक्करबाट एक बालिका घाईते भएकि छन।बुधबार दिउसो १४;५० बजेको समयमा डोटीको दिपायल सिलगढी न.पा. वडा नं. ०४ पिपल्ला बजारको रिभर साइड होटल नजिक के.आई.सिंह राजमार्गमा दिपायलबाट आदर्श गाउँपालिकाको मौवातर्फ जादै गरेको चालक डोटी आदर्श गाँउपालिका वडा नं. ०३ नुवाकोट बस्ने २३ बर्षीय विराज भट्टले चलाएको सु.प.प्र.०१००१ च. ४११८ नं. को जीपले ठक्क दिदा डोटी शिखर नग.र पालिका वडा नं. २ मुडे गाउँ बस्ने शंकर पार्कीकी ९ बर्षीय छोरी समिक्षा पार्की घाइते भएकी जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी भिमप्रसाद भट्टराले जानकारी दिनुभएको छ। पार्कीको बायाँ खुट्टामा चोट लागेकोछ उनको शैलेश्वरी अस्पतालमा उपचार भईरहेको छ । जिप र चालक प्रहरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।।

Leave A Reply

Your email address will not be published.