दिसिनपा र शिखरमा हाकिम फेरिए


डाेटी । निमित्तका भरमा चल्दै आएका डाेटीका दुई नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् ।
डाेटीकाे दिपायल शिलगढी नगरपालिका र शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत फेरिएका हुन ।
दिपायल शिलगढी नगरपालिकामा धर्मराज गैरे र शिखर नगरपालिकामा हरेन्द्र कुमार श्रेष्ठ आउन लागेका हुन । श्रेष्ठ नुवाकाेट जिल्लाकाे बेदकाेटगढी नगरपालिकावाट सरूवा भई आउन लागेका हुन भने गैरे हालैमात्र उप सचिवमा बढुवा भएका हुन ।
यस अघि डाेटीकाे दिपायल सिलगढी नगरपालिकामा शँकर सुचिकार र शिखर नगरपालिकामा हरिश चन्द्र शाह निमित्तका रूपमा कामकाज गरीरहेका थिए ।
बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ९२ जना उपसचिवहरुको सरुवा तथा पदस्थापन गरे सँगै उनिहरू फेरिएका हुन । याे सँगै
३९ जना नयाँ पदस्थापन भएका उपसचिवहरु र ५३ जना विभिन्न निकायमा कार्यरत उपसचिवहरुको सरुवा गरेको हो ।

Leave A Reply

Your email address will not be published.