डोटी । कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको राइजिङ स्टार इङ्लिस स्कुलले प्रेमराज जैशीलाई दोसल्लाले सम्मान गरेको छ ।
उहाँले आफ्ना सातै जना छोराछोरी लाई राष्ट्र र राष्ट्रबासीको सेवाका लागि अन्य अबसर तथा विभिन्न रोजगार लाई महत्त्व नदिई पबित्र संगठन सशस्त्र प्रहरी बल नेपाल ,नेपाली सेना भर्ती हुन दिई समाजभित्र अनुकरणीय कार्य गरेको भन्दै बिद्यालयले सम्मान गरेको बिद्यालयका सहायक प्राध्यानाध्यापक हरिश चन्द्र शाहीले बताए ।
बिद्यालयबाट आफु सम्मानित हुँन पाउँदा खुसी ब्यक्त गदै जैशीले बिद्यालय परिवारलाई ध्यावाद दिएका छन ।