सिड नेपाल र वल्र्ड भिजनको सहयोगमा त्रिबेणी एफ एमले सुरु गर्यो बाल कचहरी कार्याक्रम

सिड नेपाल र वल्र्ड भिजनको सहयोगमा सामुदायिक रेडियो त्रिबेणी एफ एम ९४।४ मेगाहर्ज सहजीकरणमा आज सिलगढीमा बाल कचहरी कार्यक्रम सुरु भएको छ । “बाल बिकास बाल समृद्धि तथा बाल सरोकार सम्बन्धी रेडियो कार्यक्रम” बाल कचहरी त्रिबेणी एफ।एमले उत्पादन गर्न लागेको हो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले डोटीका हकमा यो कार्यक्रम राम्रो र सफल हुने बताएका छन् । उनले भने,जिल्लाका बालबालिकाले भोग्नु परीरहेको समस्या बाहिर आउने र तेसको समाधान हुने कुरामा बिश्वस्त रहेको बताए ।

बालबालिकाको प्रश्न र सरोकारवालाको जवाफ साथै आगामी दिनमा सुधारका लागि गरिएका प्रतिबद्धताले बालबालिकाको पनि आवाज सुनिने रहेछ भन्ने महसुस भएको प्रमुख जिल्ला अधिकारी मोहन राज जोशीले बताए

। यस्तै जिल्ला प्रहरी कार्यालयका डिएसपी भिम प्रसाद भट्राईले भने कुनै पनि बालबालिका वा अन्य मानिषहरुलाई कुनै किसिमको दुब्यर्हर भएको वा अन्य हिंसा भएमा नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरेर प्रहरीहरुलाई जानकारी गराईदिन हुन अनुरोध गरेका छन ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी मोहन राज जोशी, जिल्ला समन्वय प्रमुख लक्ष्मण सिंह जिल्ला प्रहरी प्रमुख , सिडिसि प्रतिनिधि ,ओसिएमसि प्रतिनिधि,अल्पकालिन सेवा केन्द्रका प्रतिनिधि, जिल्ला बाल कलब डोटीकी पुर्व अध्यक्ष निसा मलासी र बाल क्लब कै जिल्ला उपाध्यक्ष अर्जुन साउँद, पद्यमपब्लिक मुक्तिनारायाण माध्यामिक बिद्यालयका बिद्यार्थीहरुकोे बाक्लो उपस्थीती रहेको थियो । रेडियो कार्यक्रम बाल कचहरी त्रिबेणी एफ एम र डडेलधराको रेडियो सुदुर आवाजमा हप्ताको दुई दिन मंगलबार र शुक्रबार बिहान ८ देखि ८ :३० र साँझ ५ देखि ५ः३० सम्म प्रसारण हुने छ ।

Leave A Reply

Your email address will not be published.