सामुदायिक स्वास्थ्य इकाई गाउँपालिकालाई हस्तान्तरण

माेहन ठकुल्ला
डाेटी
डोटीको जाेरायल गाउँपालिका वडा नम्बर २ रिठामा निर्माण गरेकाे सामुदायिक स्वास्थ्य इकाईकाे भवन गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।

परिवर्तन परियोजना तेस्रो पक्ष अन्तर्गत युराेपियन युनियन, डिसिएकाे आर्थिक सहयाेगमा सम विकास केन्द्र (इडिसी) डोटी, प्रगतिशील नागरिक सचेतना केन्द्र र जाेरायल गाउँपालिकाको संयुक्त सहयोगमा निर्मित भवन संस्थाले गाउँपालिकालाई हस्तान्तरण गरिएको छ ।

साेमबार एक ओैपचारीक कार्यक्रमकाे आयाेजना गरि भवनको उद्घाटनसँगै संस्थाले गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझालाई हस्तान्तरण गरेको जिल्ला कार्यक्रम संयाेजक महेश परियारले बताए ।

सम विकास केन्द्र (इडिसी) डाेटीसँग समन्वय गरेर उक्त स्वास्थ्य इकाई भवनकाे निर्माण गरेको र अब छिट्टै स्वास्थ्य सेवा सञ्चालन गर्ने गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए ।

सम विकास केन्द्र डोटीको रू ८ लाख, गाउँपालिकाको रू ४ लाख र रू २ लाख प्रगतिशील नागरिक सचेतना केन्द्रकाे गरि जम्मा रू १४ लाखमा भवन निर्माण भएको हो ।

Leave A Reply

Your email address will not be published.