डोटी जेसिज बर्ष २०२५को अध्यक्षमा उपाध्याय

धन बोहरा डोटी ,जेसिज बर्ष २०२५को अध्यक्षमा प्रविण उपाध्याय सर्वसम्मत चयन भएका छन्। आइतबार सिलगढीमा सम्पन्न १२औं जिल्ला अधिवेशनबाट उपाध्यायको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो।

डोटी जेसिजको कार्यकारी उपाध्यक्षमा योगेन्द्र रावल र भरत बम चयन भएका छन्। त्यस्तै उपाध्यक्षमा गणेश बोहरा ,अमर खड्का गांगी बलायर चयन भएका हुन्।महासचिवमा दिल्लराज जोशी, कानुनी सल्लाहकारमा किरण बिष्ट कोषाध्यक्षमा भरत कठायत, सचिवमा पुस्कर जंग शाह चयन भएका छन । सह-सचिव सह(कोषाध्यक्ष र एक उपाध्यक्षपछि मनोनित गरिने नवनिर्वाचित अध्यक्ष उपाध्यायले जानकारी दिएका छन।

नवनिर्वाचित अध्यक्ष उपाध्यायले संस्थागत विकास, सामाजिक सेवा, खेल तथा युवा उद्यमशीलता र लागूऔषध नियन्त्रणमा विशेष जोड्दिने बताएका छन।

Leave A Reply

Your email address will not be published.