मोबाइलकाे दुरूपयाेगले बालबिवाह बढ्याे

 

डोटी- पछिल्ला समय माेबाईलकाे दुरूपयाेगले बाल बिबाह बढ्दै गएपछि चुनाैतिकाे बिषय बनेकाे छ ।डोटीको दिपायल सिलगढी नगरपालिका, आदर्श र सायल गाउँपालिकाका विभिन्न वडाहरूमा रेडियो त्रिबेणि एफ.एम. ले आयाेजना गरेकाेे बाल कचहरी रेडियो कार्यक्रममा साे चिन्ता व्यक्त गरिएकाे हाे । माेबाईलका कारण पढाईमा ध्यान नदिने, आलु औषधमा फस्ने तथा बाल बिबाह गरेर जीवन बर्बाद पार्ने घटनाहरू बढ्दै गएकाेेमा सराेकारवालाहरूकाे चिन्ता बढेकाेे हाे । कहिलै उमेरमा गरिएकाे बालबावाहले समाजमा विभिन्न नकरात्मक परिणामहरू देखा परिरहेकाे सराेकारवालाहरू बताउँछन ।

रेडियाे कार्यक्रम बाल कचहरीमा भागि बाल बिबाह राेक्न शिक्षक, अभिभावक, जनप्रतिनिधि, कर्मचारी तथा संघ संस्था तथा बाल क्लव काप्रतिनिधीहरूले सामुहिक प्रतिबद्वता गरेका छन । ल्वड भिजन र सिड नेपाल डाेटीकाे सहयाेगमा रेडियाे त्रिवेणी एफएमले आदर्श गाउँपालिका, सायल गाउँपालिका, पुर्वीचाैकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका विभिन्न वडाहरूमा स्थलगत रूपमा पुगेर बालबालिकाहरूका समस्या उजागर गर्ने उदेश्यले बाल कचहरी कार्यक्रम संचालन गर्दै आईरहेकाे छ । लअभिभावकले अरुको देखासिखी भन्दा पनि आफ्ना बालबालिकाको भबिस्यको चिन्ता लिनमा जोड दिनुपर्ने सहभागी बिद्यार्थीहरुको भनाइ थियो ।

Leave A Reply

Your email address will not be published.