बजार अनुगमनबाट १५ हजारभन्दा बढीको म्याद गुज्रिएको सर_सामान बरामत

डोटीमा बजार अनुगमनबाट १५ हजार ५५ रुपैयाँ बराबरको म्याद गुज्रेको खाद्य सामाग्री बरामत गरिएको छ ।

वुधवार जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ८ लडागडा र पुर्विचौकी गाउँपालिका वडा नम्बर१ शान्तिनगरमा बजार जिल्ला प्रशासन कार्यालय डोटी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले संयुक्त रूपमा गरेको बजार अनुगमबाट उक्त मुल्य बराबरको समान बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख सागर सापकोटाले जानकारी दिनुभएको छ।

बजार अनुगमनबाट खाद्य पर्दाथ सुजी, मसालाहरू, कोक, बियर लगायतका प्राय बढी मात्रामा म्याद गुज्रेका सरसमान बरामद गरी नष्ट गरिएको छ। संयुक्त रूपमा गरिएको अनुगमन टोलीले खाद्य सामाग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे नगरेको, व्यवसायको नाम,मूल्य सुची हेर्नुका साथै नभएको व्यवसायीलाई राख्न निर्देशन गरिएको जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.