डोटी । काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा सञ्चारमाध्यम र पत्रकारमाथि भएको आक्रमणको बारे गम्भीर ध्यानाकर्षण गराउ“दै नेपाल पत्रकार महासंघ डोटी शाखाले जिल्ला प्रशासन कार्यालय डोटीद्धारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
घटनामा संलग्न दोषीहरूमाथि फौजदारी अभियोग लगाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय डोटीमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको डोटीका अध्यक्ष प्रकाश बमले बताए ।
ज्ञापन पत्र बुझाउ“दै अध्यक्ष बमले भने,“अन्दोलकारीहरुले समाचार संकलनमा खटिएका पत्रकारहरुलाई मार्नु,कुटपिट गर्न नपाईने बताए ।”
राजावादीको कार्यक्रममा पत्रकार सुरेश रजकको एउटा घरमा जलेर मृत्यु भएको, अन्नपूर्ण पोस्ट दैनिकको भवनमा आगजनी तथा तोडफोड गरिएको, कान्तिपुर टेलिभिजन र हिमालयन टेलिभिजनमा क्षति पु¥याइनुका साथै पत्रकार दिनेश गौतममाथि आक्रमण गरी उनको खुट्टा भाँचिएको लगायत घटनाहरू भएका थिए । महासंघले यस्तो घटनालाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर आक्रमण भन्दै सरकारलाई ध्यानाकर्षण गराएको छ ।
महासंघले एक साताभित्र माग पूरा नभए देशव्यापी आन्दोलनमा उत्रने चेतावनी दिएको छ । साथै मृतक पत्रकारको परिवारलाई क्षतिपूर्ति, घाइते पत्रकारहरूको उपचार, सञ्चारगृहमा भएको क्षतिको भरपाइ तथा प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्न महासङ्घले सरकारस“ग माग गरेको छ ।