(धन बोहरा)- डोटीमा बजार अनुगमनबाट ५२ हजार ७ सय ७६ रुपैयाँ बराबरको अखाद्य सामाग्री बरामत गरी नष्ट गरिएको छ।
वुधवार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ३ एयरपोर्ट बजारमा जिल्ला प्रशासन कार्यालय डोटी र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले संयुक्त रूपमा गरेको बजार अनुगमबाट उक्त मुल्य बराबरको समान बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख सागर सापकोटाले जानकारी दिनुभएको छ।
बजार अनुगमनबाट खाद्य पर्दाथ सुजी, मसालाहरू, कोक, बियर लगायतका प्राय बढी मात्रामा म्याद गुज्रेका सरसमान बरामद गरी नष्ट गरिएको छ।
संयुक्त रूपमा गरिएको अनुगमन टोलीले खाद्य सामाग्रीको म्याद, गुणस्तर, नापतौलको अवस्था, व्यवसायीले सम्बन्धित निकायमा दर्ता आबद्धता कागजातहरू सबैले देख्ने गरी राख्ने गरे नगरेको, व्यवसायको नाम,मूल्य सुची हेर्नुका साथै नभएको व्यवसायीलाई राख्न निर्देशन गरिएको जनाइएको छ ।
बजार अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद नाघेका सामग्री, लेबल विवरण अस्पष्ट रहेको सामग्री विक्रि वितरण नगर्न आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीका प्रमुख सापकोटाले बताउनुभयो ।
पहिलाको तुलनामा बजारमा केही सुधार आएको भएपनि पूर्ण रुपमा सुधार हुन बाँकी रहेको उहाले बताउनुभयो ।
बजार अनुगमनलाई स्थानीय तहहरुले समेत निरन्तरता दिनुपर्नेमा सापकोटाले जोड दिनुभएको छ।
यसका साथै आम उपभोक्ताहरु समेत यस्ता विषयमा सचेत हुनुपर्ने उहाले जोड दिनुभएको छ।