डोटी,२१ चैत्र
सुदूरपश्चिम बिश्वविद्यालय अन्तर्गत डोटीको सिताराम बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा कांग्रेस निकट नेपाल बिद्यार्थी संघ (नेविसंघ)को प्यानलै निरविरोध निर्वाचित भएको छ ।
स्ववियु सभापतिमा नेविसंघका उमेश बलायर निर्वाचित भएका छन । अध्यक्षमा निर्वाचित बलायर दोस्रो पटक स्ववियु अध्यक्षमा निर्वाचित भएका हुन् ।
यस्तै उपाध्यक्ष मनिषा कुमारी भट्ट(रोस्यारा) समानुपातिक,सचिब ललित बहादुर साउँद,सह सचिबमा लक्ष्मी कुमारी बिक समानुपातिक,कोषध्यक्ष कविता कुमारी बलायर निरविरोध निर्वाचित भएका निर्वाचन संयोजक चेतराज भट्टले कान्तिपुरलाई जानकारी दिएका छन ।
यस्तै सदस्यहरुमा टिकेश्वरी जैशी,माया बलायर प्रत्यक्ष तर्फ निर्वाचित भएका छन भने समानुपातिकमा यसोदा कुमारी भट्ट,सारदा खड्का र लालमनि भट्ट पनि निरविरोध निर्वाचित भएका छन ।
यो नतिजा संगै सुदूरपश्चिम प्रदेशमा डोटीबाट नेपाल बिद्यार्थीसंगले खाता खोलेको छ ।
२७ गते हुने भनिएको निर्वाचनका लागी उक्त क्याम्पसमा क्रान्तिकारीकारीका सबै उम्मेदवारहरु उम्मेद्धवारी फिर्ता लिएका हुन र सभापतिमा स्वातन्त्र उम्मेदर रहेकी निर्मला भट्टले पनि उम्मेदवारी फिर्ता लिए पछि नेविसंघ निरविरोध निर्वाचित भएको हो ।
