डोटी,नेपाल विद्यार्थी संघ डोटले ५६औँ स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण गरेको छ ।
स्थापना दिवसको अवसर पारी आज जिल्ला अस्पतल डोटीमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरिएको छ।
शनिबार संघले जिल्ला समुन्वयय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहको नेतृत्वमा अस्पतालमा रहेका १२जना भन्दा बढि बिरामीहरुलाई फलफुल वितरण गरेको छ।
अस्पतालमा रहेका बिरामी तथा प्रसुती गृहमा रहेका सुत्केरी महिलाहरुलाई फलफूल बितरण गरेको नेपाल विद्यार्थी संघ डोटीका कार्यवाहक अध्यक्ष योगेन्द्र रावतले बताउनुभएको छ।
उक्त कार्यक्रममा जिल्ला समुन्वयय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंह दिपायल सिलगढी नगरपालीका नगर उपप्रमुख कलावती महर साउद , नेपाल विद्यार्थीसंघका केन्द्रीय सदस्य प्रकाश ठकुल्ला,नेपाली कांग्रेसका नेता कार्यकर्ता , पत्रकार लगायतको उपस्थिति रहेको थियो।