भागेश्वर कपडेउती मन्दिरको पुनःनिर्माणका लागी शिलान्यस

डोटी – डोटीको प्रसिद्ध मन्दिर भागेश्वर कपडेउती सालमुनि मन्दिरको शुक्रवार शिलान्यास गरेको छ ।

शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलयारले आज हिन्दुकर्म बिधि अनुसार बिच शिलान्यास गर्नुभएको हो ।

जिल्लाको शिखर नगरपालिका वडा नं २ स्थित भागेश्वर कपडेउती मन्दिरको शिलान्यास गरिएको छ ।

उक्त मन्दिर निर्माणका लागि संघिय सरकारबाट १ करोड रुपैयँ विनियोजन भएको छ ।

मन्दिर शिलान्यास समारोहमा वडाध्यक्ष,समाजसेवी,पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.