डोटी,१४ बैशाख- डोटीमा सर्पले टोक्दा एक जना घाईते भएका छन ।
जिल्लाको के.आई. सिंह गा.पा. वडा नं. ६ भिटाडी सलेना बस्ने भिम भुलका छोरा १३ बर्षिया रोहित भुललाई सर्पले टोक्दा घाईते भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख बिनोद शर्माले जानकारी दिए ।
प्रहरीका अनुसार घर नजिकैको चम्तडी खोलामा माछा मार्ने क्रममा बाँया हातमा सर्पले टोकी घाईते भएका थिए । घाईते भुललाई उपचारको लागी सुजङ अस्पताल राजपुरमा उपचार भईरहेको छ ।