सिलगढी_ डोटी बहुमुखी क्याम्पसमा तिन महिने निशुल्क कम्प्युटर कक्षा सञ्चालन गरिएको छ् ।
गैरसरकारी संस्था मानविय सेवामा अनेकौ प्रयास कैलालीको आयोजना तथा जिल्लाका तिन ओटा स्थानिय तहहरु शिखर नगरपालिका, सायल गाउँपालिका र आदर्श गाउँपालिकाको सहकार्यमा बिद्यार्थीहरुका लागि तिन महिने निशुल्क आधारभुत कम्प्युटर तालिम संचालन गरिएको छ ।
एक कार्यक्रमको बिच तिन महिने आधारभुत कम्प्युटर तालिमको आईतबार उद्धघाटन गरिएको छ् ।क्याम्पसमा अध्ययनरत छात्र तथा छात्राहरु सहभागी हुने गरि तालिम संचालन गरिएको बताईएको छ् । तालिममा ४७ जना बिद्यार्थी सहभागी रहने भएका छन्।
उद्घाटन कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख दिलानन्द जोशीले विद्यार्थीहरुका लागि निशुल्क कम्प्युटरमा सहभागी हुनुपाउनु सहभागीहरुको लागि सौभाग्य भएको बताउनुभयो ।
क्याम्पस प्रमुख जोशीले सहभागीहरुलाई तालिममा दत्त चित्त भएर सिप सिक्न आग्रह समेत गर्नुभएको छ। उहाले तिन महिना सम्म सिकेको तालिम कक्षा कोठामा मात्रै सिमित नभई कम्प्युटर सम्बन्धी दक्ष जनशक्तिको आवश्यकता पूरा गर्ने अभियानमा लाग्नुपर्नेम जोड दिनुभयो।
आजको विज्ञान र प्रविधिको युगमा कम्प्युटर शिक्षा अपरिहार्य भएकाले साईन नेपालसंग समुन्वय गरी ३ महिने आधारभुत कम्प्युटर तालिम सञ्चालन गरिएको डोटी बहुमुखी क्याम्पसका स्ववियु सभापति इन्द्र शमशेर राणाले बताउनुभयो । सभापति राणाले विगतको तुलनामा टेक्नोलोजीले ठूलो फड्को मारेको भन्दै कम्प्युटरमा पछि पर्ने मान्छेले समय सापेक्ष प्रगती गर्न नसक्ने बताउनुभएको छ।
निशुल्क कम्प्युटर तालिममा सहभागी हुन पाएको भन्दै बिद्यार्थीहरुले आयोजकप्रति खुशी प्रकट गरेका छन् ।