सिलगढीमा डिएमए प्रणालीबाट खानेपानी वितरण गरिने

सिलगढी – डोटीको सदरमुकाम सिलगढी तथा आसपासका क्षेत्रमा वितरण भइरहेको खानेपानी लाइन छिट्टैनै डिएमए प्रणालीबाट संचालन हुने भएको छ ।सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले आइतबार राखेको छलफल कार्यक्रममा उक्त कुरा जानकारी गराएको हो । बिश्व बैंकको आर्थिक सहयोगमा संचालन भइरहेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाले सिलगढी पाईपलाइन स्तरोन्नती एवं वितरण कार्यक्रम अन्तर्गत हाल वितरण गरिएका प्रत्यक्ष पाईपलाइनलाई व्यवस्थित गर्ने समितिका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिएका छन् ।उक्त आयोजनाले हालको खानेपानीको वितरण प्रणालीलाई सुधार गर्दै व्यवस्थित तरिकाले पाईपलाइन वितरण तथा व्यवस्थापनको काम अगाडि बढाउने आयोजनाका टिमलिडर निर्मल तण्डुकारले बताए ।

डिएमए प्रणालीमा आवश्यकता अनुसार ठाउँठाउँमा टंकी राखिने र उपभोक्ता सबैको घरघरमा समान ढंगबाट पानी वितरण हुने उनले बताए ।सबैको घरघरमा पानी चौबिसै घण्टा उपलब्ध हुन्छ, प्रयोग अनुसार शुल्क तिर्नुपर्ने हुन्छ’, तण्डुकारले भने– ‘डिजिटल प्रविधि अनुसार मिटर जडान गरिने र कसकोमा पानी कति चलिरहेको छ वा बिग्रेको छ सबै सिस्टमबाट थाहा हुने गर्दछ ।’उक्त कार्य तथा फिल्टर टंकी निर्माणको कार्य तुरुन्तै सुरु हुने समितिका अध्यक्ष खड्काले बताए ।
<span;>‎
<span;><span;>‎

डोटीको सदरमुकाम सिलगढी तथा आसपासका क्षेत्रमा वितरण भइरहेको खानेपानी लाइन छिट्टैनै डिएमए प्रणालीबाट संचालन हुने भएको छ ।सिलगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले आइतबार राखेको छलफल कार्यक्रममा उक्त कुरा जानकारी गराएको हो । बिश्व बैंकको आर्थिक सहयोगमा संचालन भइरहेको खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाले सिलगढी पाईपलाइन स्तरोन्नती एवं वितरण कार्यक्रम अन्तर्गत हाल वितरण गरिएका प्रत्यक्ष पाईपलाइनलाई व्यवस्थित गर्ने समितिका अध्यक्ष जगत बहादुर खड्काले जानकारी दिएका छन् ।उक्त आयोजनाले हालको खानेपानीको वितरण प्रणालीलाई सुधार गर्दै व्यवस्थित तरिकाले पाईपलाइन वितरण तथा व्यवस्थापनको काम अगाडि बढाउने आयोजनाका टिमलिडर निर्मल तण्डुकारले बताए । डिएमए प्रणालीमा आवश्यकता अनुसार ठाउँठाउँमा टंकी राखिने र उपभोक्ता सबैको घरघरमा समान ढंगबाट पानी वितरण हुने उनले बताए ।सबैको घरघरमा पानी चौबिसै घण्टा उपलब्ध हुन्छ, प्रयोग अनुसार शुल्क तिर्नुपर्ने हुन्छ’, तण्डुकारले भने– ‘डिजिटल प्रविधि अनुसार मिटर जडान गरिने र कसकोमा पानी कति चलिरहेको छ वा बिग्रेको छ सबै सिस्टमबाट थाहा हुने गर्दछ ।’उक्त कार्य तथा फिल्टर टंकी निर्माणको कार्य तुरुन्तै सुरु हुने समितिका अध्यक्ष खड्काले बताए ।

Leave A Reply

Your email address will not be published.