माेहन ठकुल्ल
डाेटी,
३० ओै स्थापना दिवसकाे अबसरमा सामुदायिक विकास केन्द्र (सिडिसी) डाेटीले प्रगति समीक्षा तथा सामाजिक परिक्षण कार्यक्रम समापन भएकाे छ ।
गुड नेभर्स इन्टरनेशनल, मर्सिकार्स नेपाल र वर्ड भिजनकाे आर्थिक सहयाेगमा बिहीबार दिपायल सिलगढीकाे नगर सभाहलमा एक ओैपचारिक कार्यक्रम गरेकाे हाे । आर्थिक वर्ष २०७८/०७९ काे चार वटा परियाेजना अन्तर्गत सरकारवालाहरू समक्ष बार्षिक कार्यहरूकाे विवरण सहित प्रस्तुत गरेकाे छ ।
कार्यक्रममा बाेल्दै समाजिक विकास मन्त्रालयका शाखा अधिकृत लाेकेन्द्र भट्टले शिक्षामा भएकाे क्षतिकाे आपूर्ति गरि समग्र शिक्षालाई विपतमा जाेड् दिएर शिक्षामा सुदृढीकरण गर्नकाे लागि संस्थालाई ( शिक्षा कलष्टरद्वारा ) सहयाेग गर्दै आएकाे बताए ।
एकीकृत सामुदायिक परियाेजना अन्तर्गत बाल केन्द्रित गर्दै जिल्लाका ३ वटा स्थानिय त शिखर नगरपालिका, पूर्वीचाैकी गाउँपालिका र दिपायल सिलगढी नगरपालिकाका विभिन्न क्षेत्रहरूमा शिक्षा, स्वास्थ, सरसफाइ लगायतका क्षेत्रमा काम गर्दै आएकाे कार्यक्रम संयाेजक यकराज बडुले बताए ।
समन्वय प्रमुख लक्ष्मण बहादुर सिह कार्यक्रम मार्फत बाेल्दै
सामाजिक रूपान्तरका क्षेत्रहरूमा संस्थाले महत्त्वपूर्ण कार्यहरू गरेकाले स्थापना दिवसकाे अबसरमा आगामी दिनहरूकाे शुभकामना दिए ।
काेभिड १९ महामारीबाट नेपालकाे शिक्षा क्षेत्रमा परेकाे प्रभाव न्युनिकरण, विद्यालय दिवाखाजा, पढाइ शिविर लगायतका कार्यक्रमहरू स्थानीय स्थरमा सञ्चालन गर्दै आएकाे लेखा संयाेजक तिर्थराज पन्तले बताए ।
त्यस्तै संस्थाले आफ्नाे स्थापना दिवसकाे अबसरमा जिल्लाका ९ वटै स्थानिय तह,नेपाल पत्रकार महासंघ डाेटी,जिल्ला भित्रका रेडियाे लगायतलाई सम्मान- पत्र वितरण समेत गरेकाे छ ।