डोटीमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुदृढीकरण कार्यक्रम सम्पन्न ‎

सिलगढी, डोटी जिल्लामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुदृढीकरण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीको आयोजनामा शुक्रबार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ मा उक्त कार्यक्रम सम्पन्न भएको छ।

‎कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीका योग प्रशिक्षक बलदेव जोशीले सहभागीलाई आयुर्वेदिक औषधिको महत्व, घरेलु उपचारका उपायहरू, जडीबुटीको सही प्रयोग तथा स्वस्थ जीवनशैलीका विभिन्न पक्षबारे जानकारी गराउनूभएको थियो।

‎ कार्यक्रमम सहभागीहरुले आधुनिक जीवनशैलीमा बढ्दो रोगहरूको समाधानमा आयुर्वेद र वैकल्पिक चिकित्सा उपयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो उहाहरूले आयुर्वेदलाई गाउँघरमै पहुँचयोग्य र प्रभावकारी बनाउनेतर्फ सबैले पहल गर्नुपर्ने बताउनुभएको छ।

‎कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, नागरिक समाजका प्रतिनिधिहरू, महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो।

‎जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र डोटीले जिल्लाका विभिन्न स्थानमा यस्ता कार्यक्रमहरु संचालन गर्दै आएको केन्द्रका योग प्रशिक्षक जोशीले बताउनु भएको छ ।

Leave A Reply

Your email address will not be published.