डोटीमा चार जिल्लाका कृषि दूतहरूका लागि ४ दिने क्षमता विकास तालिम सम्पन्न ।। ‎

 

‎डोटी,

हलिया महासङ्घ, निड्स नेपाल, गिफ्ट नेपाल बाजुरा, र CDC डोटीको आयोजनामा सिलगढी, डोटीमा चार जिल्लाका कृषि दूतहरूका लागि चार दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । ‎ ‎यो तालिम अष्ट्रेलियन एड, एलडब्लुएफ नेपाल र एलसिडी अष्ट्रेलियाको साझेदारीमा सञ्चालित ‘लाइट र मुक्त हलिया तथा दलितका लागि सक्षम परियोजना’ अन्तर्गत आयोजना गरिएको हो।

परियोजनाले डोटी, डडेलधुरा, कञ्चनपुर र बाजुरामा चारवटै संस्थामार्फत काम गर्दै आइरहेको छ। ‎ ‎तालिममा डडेलधुराबाट हलिया महासङ्घका ७ जना, डोटीबाट CDC का ९ जना, कञ्चनपुरबाट निड्स नेपालका ३ जना र बाजुराबाट गिफ्ट नेपालका २ जना गरी कुल २१ जना सहभागी थिए। ‎ ‎तालिमका प्रमुख प्रशिक्षकहरूमा आरएनडी सोलुसन इनोभेटिभकी सुनिता न्हेम्फासु, सामुदायिक बीउ बैंकका अध्यक्ष टेकेन्द्र सिंह, र एलडब्लुएफ नेपालका जीविकोपार्जन तथा बजारीकरण प्रवर्धन निर्देशक मानधोज खत्री रहनुभएको थियो। ‎

‎कार्यकारी निर्देशक हेमराज जोशीका अनुसार, “यो तालिम सामान्य तालिमभन्दा फरक छ। यहाँ कुनै दार्शनिकका भनाइ, रिसर्च रिपोर्ट पढाइँदैन, सफल उद्यमीका जीवनका प्रमाणित अनुभव र कथाहरू सिकाइन्छ। सिकेका कुरा दैनिक जीवनमा प्रयोग गर्न सकिने खालका छन्। यसले सहभागीहरूलाई स्वयं उद्यमी बन्ने र अरूलाई पनि प्रेरित गर्ने दिशामा अघि बढाउने उहाले बताउनुभएको छ । ‎

Leave A Reply

Your email address will not be published.