‎डोटीमा  बालबालिकाको लागि एक दिने अभिमुखीकरण तालिम सम्पन्न

‎डोटीमा  बालबालिकाको लागि एक दिने अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।  बाल विवाह, बाल श्रम, बाल अधिकार, बाल संरक्षण तथा बालमैत्री स्थानीय शासनजस्ता विषयमा बालबालिकाहरुलाई सिकाईएको थियो । सिड् नेपाल डोटीको आयोजना र दिपायल सिलगढी नगरपालिकाको समन्वयमा डोटीमा एक दिने बालबालिकाको एलुम्नी समूह गठन अभिमुखीकरण तालिम बिहीबार सम्पन्न भएको छ।

‎ कार्यक्रममा इदिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजी सिंह खड्काले एलुम्नी समूहको गठनले अब बालबालिकाहरूको आवाज नीतिनिर्माण तहसम्म पु¥याउन सहयोग हुने भन्दै  बालमैत्री स्थानीय शासनका मापदण्ड पालना गर्न प्रतिबद्धता जनाएको बताउनुभयो।

‎उक्त कार्यक्रममा डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले  बालबालिका समाजका भविष्य  भएकाले उनीहरूको संरक्षण र अधिकार सुनिश्चित गर्नु हामी सबैको दायित्व भएको बताउनुभयो । उहाले यस प्रकारका तालिमहरूले बालबालिकालाई आफ्नो हक र कर्तव्य बुझ्न सहयोग हुने बताउनुभएको छ ।

‎सिड् नेपालका अध्यक्ष यज्ञराज जोशीले “पूर्व बाल क्लबका सदस्यहरूलाई पुनः एकीकृत गर्दै एलुम्नी समूहको स्थापना गरिनु आवश्यक रहेको र, यसबाट बालबालिकाहरुले समुदायमा नेतृत्वदायी भूमिका निर्वाह गर्न  सकुन भन्ने कार्यक्रम उद्देश्य रहेको बताउनुभयो।

उक्त तालिममा दिपायल सिलगढी नगरपालिका वडा नं. २, ३ र ९ गरी जम्मा २८ जना बालबालिकाहरूको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.