बलायरद्धारा दृष्टिविहिन विधार्थीहरुलाई सहयोग

मोहन पनेरु
डोटी
जन्मदिनको अवसरमा आयोजना गरिने पार्टी तथा फजुल खर्च बचाएर फरक क्षमता भएका व्यक्ति, समुदायका लागि सहयोग गर्न सकियो भने हामी जस्ता अपाङ्गता भएका व्यक्तिहरूलाई ठूलो राहत मिल्छ, डोटीको शाजेन्द्रश्वर माध्यामिक बिद्यालय फुलौटका दृष्टिविहीन शिक्षक टेक बोगटीले भने यो उदाहरणीय कार्य मात्र नभएर एउटा सन्देश पनि हो ।”
जन्मदिनको अवसरमा सुजङ्ग अस्पताल राजपुरका प्रशासन प्रमुख अर्जुन बलायरले दृष्टिविहिन विद्यार्थीका लागि प्रदान गरेको सहयोग लिंदै शिक्षक बोगटीले विशेष दिनमा असहाय, अपाङ्गता भएका व्यक्तिहरूलाई यसैगरी सहयोग गर्न आह्वान गरेका हुन् ।
बलायरले शाजेन्द्रश्वर माविमा अध्ययनरत विद्यार्थीहरुलाई विद्यालयको समन्वयमा आवश्यक सामग्रीहरु सहयोग गर्दै उनीहरूसँग जन्मदिन मनाएका हुन् । जन्मदिनको अवसरमा दृष्टिविहिन बालबालिकाहरुलाई चस्मा, आवाजमा समय बताउने घडी, एक÷एक जोर लुगा र आबस्यक अन्य सामग्री खरिद गर्न नगद पा“च हजार रुपैया“ विद्यालयको छात्रावासमै पुगेर सहयोग गरेका हुन् ।
सहयोग सामग्री हस्तान्तरण गर्दै उनले अपाङ्गता भएका व्यक्तिहरू, आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरू , असहाय व्यक्तिहरूलाई अस्पतालको तर्फ बाट शतप्रतिशत निशुल्क उपचार तथा व्यक्तिगत रूपमा विगतमा पनि सहयोग गर्दै आइरहेको बताउ“दै आगामी दिनमा पनि निरन्तर सहयोग गरिरहने बताए ।
विद्यालयका प्रधानाध्यापक खडक बहादुर खड्काले बलायरले गरेको सहयोगले विद्यार्थीहरुलाई सहयोग पुग्नुको साथै उनीहरुको हौसला वृद्धि हुने विश्वास व्यक्त गरे । २०५२ साल देखि हामीले दृष्टिविहिन बालबालिकाहरुका लागि आवास सहितको शिक्षा दिदै आइरहेका छौं । राज्यले दिने सेवासुविधा पर्याप्त छैन”उनले भने,”विभिन्न व्यक्ति र संघ संस्थाले गर्ने सहयोगले विद्यार्थी तथा विद्यालयलाई सहयोग पुग्ने गरेको छ ।
खड्काले फरक क्षमता भएका यस्ता विद्यार्थीहरूमा बहुप्रतिभा हुने गरेको र बढिमा पनि अब्बल हुने गरेको बताए । उनले गाउ“ समाजमा यस्ता खाले विद्यार्थीहरू भए विद्यालयमा भर्ना गर्नका लागि अनुरोध पनि गरे ।
विद्यालयमा अध्ययनरत पुरन अधिकारीले सामग्रीहरू उपलब्ध गराएकोमा धन्यबाद ज्ञापन गर्दै जन्मदिनको शुभकामना दिए ।

Leave A Reply

Your email address will not be published.